+
+

बद्री पंगेनीले हिमालय लोकस्टार सिजन-२ होस्ट गर्ने, अडिसन खुला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १४:२०

काठमाडौं । हिमालय लोकस्टार सिजन २ को घोषणा भएको छ । मंगलबारदेखि डिजिटल अडिसन खुला भएको छ । गत महिना नै भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेमा जजमध्येका एक राजु परियारले दोस्रो सिजन आउन लागेको बताएका थिए ।

यो सिजनलाई लोक तथा दोहोरी गायक बद्री पंगेनीले होस्ट गर्ने भएका छन् । भ्वाइसको फिनालेमा पंगेनीले ‘मान्छे चलेन’ गीत प्रस्तुत गर्दै आफू लोकस्टारसँग जोडिन लागेको बताएका थिए ।

अहिलेसम्म गायक परियारलाई जजको रुपमा घोषणा गरिएको छ । केही दिनमा अन्य जजको घोषणा गर्ने तयारी छ ।

इच्छुक प्रतिस्पर्धीले हिमालय टिभीको एप र ह्वाट्स एप नम्बर ९८०१११६१७४ मा आफ्नो भिडियो पठाएर अडिसन दिन सक्ने भएका छन् । बलराम विश्वकर्माले पहिलो सिजनको उपाधि जितेका थिए ।

नेपाली मौलिक लोक संगीतलाई प्रस्तुत गर्ने यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?