+
+

व्यवसायीको प्रस्ताव– दुर्घटना कम गर्न विश्रामस्थलमा मात्र चेकिङ गरौं

सडकको गुणस्तर बढाउन र सडकमा छाडा चौपाया, बिस्कुन सुकाउन र मर्निङ वाक रोक्नसमेत व्यवसायीले माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १५:२३

१६ माघ, काठमाडौं । बढ्दो दुर्घटना कम गर्न व्यवसायीले राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न सुझाव दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई यस्तो सुझाव दिएका हुन् । एउटै प्रदेश र जिल्लामा सञ्चालित सार्वजनिक सवारीसाधनलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पटक–पटक जाँच गर्दा द्वन्द्वकालको जस्तो अनुभूति हुने र चालक तथा परिचालकले मानसिक तनाव भोग्नुपरेको व्यवसायीले बताएका छन् ।

दुर्घटनापछिको उद्धारमा हुने ढिलाइ, दुर्घटनापछि प्रहरी प्रशासन मौन बस्ने, प्रहरीले मिलेर आउनुहोस् भन्ने अभिव्यक्तिले यातायात व्यवसायीले २४ घण्टाभित्र सवारीसाधन नपाएको भन्दै व्यवसायीले विरोध जनाएका छन् ।

व्यवसायीले देशभरिका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विश्रामस्थल राखी सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रस्थान बिन्दुबाट चेकिङ भई सञ्चालन भएको सवारीलाई विश्रामस्थल वा गन्तव्य स्थानमा जाँच गर्न माग गरिएको छ ।

दुर्घटना कम गर्न मापदण्ड विपरीत रुट इजाजत नलिई सञ्चालन भएका सवारीसाधन सञ्चालनमा समेत रोक लगाउन माग गरिएको छ ।

बीपी राजमार्गलगायत विभिन्न स्थानमा टाइम कार्ड लागु गरी मापदण्ड विपरीत सञ्चालित सवारीसाधन सञ्चालनमा रोक लगाउन समेत व्यवसायीले माग गरेका छन् ।

जिल्लास्तरमा सचेतना बढाउनुपर्ने र दुर्घटनापछि सवारीसाधन २४ घण्टाभित्रै सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानुनी व्यवस्था गर्नसमेत माग गरिएको छ ।

भारतीय गाडीले यात्रु र मालसामान ढुवानी गरेको भन्दै यस्ता सवारीसाधनलाई रोक लगाइएको छ । सडकको गुणस्तर बढाउन र सडकमा छाडा चौपाया, बिस्कुन सुकाउन र मर्निङ वाक रोक्न समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?