+
+

पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:४५

१६ माघ, पोखरा । पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका-६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।

गम्भीर घाइते भएङ्का उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा साढे  २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?