+
+

पाल्पामा एक पुरुष घरमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १७:१७

१६ माघ, पाल्पा । पाल्पामा एकजना पुरुष आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्देश्वर, अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मंगरबार बिहान आफ्नै घरमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठकाअनुसार आफ्नै घरमो दलानमा उनी मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षकसहितको टोलीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

मृतकको शवलाई रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?