+
+

बंगलादेशविरुद्ध अर्जुन आउट भएसँगै नेपालको कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १४:४६

१७ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध तीन विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ ।

नेपालले सुरुवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ । नेपालका देव खनाल र विशाल विक्रम केसी क्रिजमा छन् ।

तीव्र गतिका बलर रोहनत डोउल्लाह बोस्रनको सट बल खेल्नेक्रमा अर्जुन थर्डम्यानमा क्याच आउट भएका हुन् । उनी २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भएका थिए । उनी तीव्र गतिका बलर इकबाल हसनको आठौं ओभरको पाँचौं बलमा महफुजुर रहमान रबीबाट क्याच आउट भए । अफ साइडको फुल टस बलमा आकाश डिअफमा क्याच आउट भएका थिए ।

त्यसअघिको बलमा उनले बाउन्सर बल फ्याँलेका थिए । अर्को बल त्यहिँ अपेक्षा गर्दा क्याच आउट हुन पुगेका थिए । बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका थिए ।

विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट समातिन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?