+
+

अफ्रिका कप अफ नेसन्स : स्तब्धपूर्ण र आश्चर्यजनक नतिजाको शृंखला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १९:२३
दक्षिण अफ्रिका र मोरक्कोबीचको खेल ।

१७ माघ, काठमाडौं । एकै वर्ष मात्र भयो, मोरक्कोले विश्वकप २०२२ मा तहल्का मच्चाएको थियो, त्यो पनि कतारमै । तर यही मोरक्को अफ्रिका कप अफ नेसन्स २०२४ मा भने असफल रह्यो ।

मोरक्को नकआउट चरण त पुग्यो । तर त्यो भन्दा अगाडि बढ्न सकेन् । अन्तिम १६ को खेलमा दक्षिण अफ्रिकाको हातबाट पराजित रह्यो । स्कोर थियो, २–० । असरफ हाकिमी मोरक्कोका लागि खलनायक जस्तै सावित भए ।

उनी मोरक्कोको फुटबलका सबैभन्दा ठूला स्टार हुन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का लागि खेल्छन् । उनी नै दक्षिण अफ्रिकाविरुद्ध पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार पोस्ट भन्दा केही माथिबाट बाहिरिएको थियो । मोरक्को पनि प्रतियोगिताबाट बाहिरिएपछि एउटा तथ्य निश्चित भएको छ, यो प्रतियोगिता रह्यो, स्तब्धपूर्ण र आश्चर्यजन नतिजाको शृंखला ।

त्यसैले मोरक्कोलाई एउटा तथ्यमा चित्त बुझाउने ठाउँ हुनेछ, आफू मात्र एक्लो माथिल्लो वरीयताको टिम रहेन, प्रतियोगितामा अपेक्षा भन्दा चाँडै चुनौती सक्ने ।

यसको अघिल्लो दिन मात्रै सेनेगल पनि पराजित रह्यो । उसलाई भने घरेलु टिम आइभरीकोस्टले हराएको थियो । आयोजक आइभरीकोस्टको प्रतियोगितामा सुरुआत त राम्रो रहेन । तर उसलै सेनेगलको चुनौती समाप्त पार्‍यो, टाइब्रेकरमा ।

साडियो मानेको नेतृत्वमा रहेको सेनेगल प्रतियोतिगाको डिफेन्डिङ च्याम्पियन थियो । यो हारपछि उसले उपाधिको रक्षा गर्न सकेन् । खास कुरा के भने पछिल्लो विश्वकपमा उच्च प्रदर्शन गरेका शीर्ष वरीयताका अफ्रिकी टिमहरूको आश थियो, अफ्रिका कप अफ नेसन्समा पनि उत्तिकै राम्रो गर्ने ।

तर कथा अर्कै रह्यो । प्रतियोतिता सुरु हुन अगाडि शीर्ष वरीयताका पाँच टिमबाट राम्रो अपेक्षा थियो ।

ती थिए, तिनै सेनेगल र मोरक्कोसँगै ट्युनेसिया, अल्जेरिया र इजिप्ट । यी पाँचै टिम क्वाटरफाइनल पनि पुग्न सकेनन् । अझ अफ्रिका कप अफ नेसन्सको पछिल्लो संस्करणमा जुन जुन टिम सेमिफाइनल पुगेका थिए, ती चारै टिम यसपल्टको प्रतियोगितामा कायम रहन सफल रहे ।

अल्जेरिया र ट्युनेसिया त समूह चरण पनि काट्न असफल रहे, लिग चरणमै रोकिए ।

अल्जेरिया समूह ‘डी’ मा थियो र त्यसको अन्त्यमा रह्यो । उसले एक खेल पनि जित्न सकेन, तीन खेलमा दुई अंकमै सीमित रह्यो ।

यस्तै स्थिति समूह ‘ई’ मा ट्युनेसियाको भयो । यो टिम पनि आफ्नो समूहको अन्तिम स्थानमै रह्यो, तीन अंकमै । यसको अर्थ उसले पनि कुनै खेल जित्न सकेन। त्यो अर्थमा धेरे अपेक्षाको विपरीत सबैभन्दा खराब खेल्ने यिनै दुई टिम रहे ।

इजिप्ट भने डीआर कन्गोसँग पराजित भएको थियो, नकआउट चरणमा । इजिप्ट पेनाल्टीमा पराजित भएको हो ।

पछिल्लो अफ्रिका कप अफ नेसन्समा इजिप्ट सेमिफाइनलमा पराजित भएको थियो, सेनेगलको हातबाट । त्यति बेला बुरकानो फासो र क्यामरुन सेमिफाइनल पुगेका थिए । यसपल्ट बुरकानो फासो माली र क्यामरुन नाइजेरियाको हातबाट पराजित रह्यो ।

यी दुवै टिम बाहिरिएको अन्तिम १६ बाटै हो । यसरी प्रि–क्वाटरफाइनलका खेल पनि सकिए र अब पालो अन्तिम आठको । यसको समीकरण भने यस्तो छ । अबका चार खेलमा नाइजेरियाले एन्गोला, केप भार्डेले दक्षिण अफ्रिका, मालीले आइभरीकोस्ट तथा डीआर कन्गोले गुएनाको सामना गर्नेछ ।

भनेपछि अब उपाधि कसले जित्ने छ त ? अब त सबैको सम्भावना उस्तै उस्तै भयो ।

–एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?