+
+

अफ्रिकन कप अफ नेसन्समा नामिबियाको ऐतिहासिक जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ९:२७

३ माघ, काठमाडौं । नामिबियाले अफ्रिकन कप अफ नेसन्स फुटबल प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ । आइभरीकोष्टमा जारी प्रतियोगितामा विश्वकप खेलिसकेको ट्युनिसियालाई नामिबियाले १-० ले स्तब्ध पारेको हो ।

फिफा वरियतामा ११५औं स्थानमा रहेको नामिबियाले अहिलेसम्म अफ्रिकन कपमा कुनै खेल जितेको थिएन । तर यस पटक ८८औं मिनेटमा डिओन होट्टोले गोल गरेपछि नामिबियाले ऐतिहासिक जित निकाल्यो ।

सन् २००४ को अफ्रिकन कप च्याम्पियन्स ट्युनिसिया फिफा वरियतामा नामिबिया भन्दा ८७ स्थान अघि छ ।

जितपछि नामिबिया समूह ई को दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको माली शीर्ष स्थानमा छ ।

यस्तै समूह डी को खेलमा बुर्किना फासोले माउरिटानियालाई १-० ले पराजित गर्दा अल्जेरिया र अंगोललाले १-१ को बराबरी खेलेका छन् ।

बर्ट्रान्ड ट्राओरले इन्जुरी टाइमको छैटौं मिनेटमा पेनाल्टीमा गोल गरेपछि बुर्किना फासोले पहिलो ३ अंक जोडेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?