+
+

सृष्टिलाई मिसेस नेपाल क्यानडाको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १६:४३

काठमाडौं । क्यानडामा पहिलोपटक सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होमले त्यहाँ बसोबास गर्दै विवाहित महिलाबीच यस्तो ब्युटी पेजेन्ट गरेको हो ।

क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्यांक्वेट हलमा आयोजित प्रतिस्पर्धामा सृष्टि श्रेष्ठले उपाधि जितिन् । प्रतियोगिताका फाइनलिस्ट ६ जनालाई संसारमा केको अभाव छ भनेर प्रश्न सोधिएको थियो ।

विजयी सुन्दरी श्रेष्ठले आजको संसारमा अरुको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी रहेको जवाफ दिएकी थिइन् । ‘हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझ्न र स्वीकार गर्न, महसुस गर्न सकुन्,’ उनले भनेकी थिइन् ।

शीर्ष उपाधिसहित उनले मिसेस फ्रेन्डसिपको सहविधा पनि जितिन् । अलिशा राजभण्डारी फस्ट रनरअपसँगै सहविधा फोटोजेनिक पनि जितिन् । रश्मी थापा मगर सेकण्ड रनरअप घोषित भइन् । क्यानडाका विभिन्न सहरमा बस्दै आएका १० विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

एमी कर्माचार्यले ट्यालेन्टेट र श्याम लिम्बूले पब्लिक च्वाइस अवार्ड जिते । नमुना फेसन कलेजले तयार पारेको डिजाइनमा सजिएर र्‍याम्पमा सुन्दरीहरु प्रस्तुत भएका थिए । नेपालका लागि क्यानडाकी कार्यबाहक राजदूत रोजिना ताम्राकार प्रमुख अतिथिको रुपमा कार्यक्रममा थिइन् ।

प्रतियोगितामा प्राध्यापक नीरा शर्मा, संगीता धौभडेल, शुभेच्छा भट्ट र निलु केशरी जजको रुपमा सहभागी थिए । महिला शिक्षा तथा क्षमता विकास समूहकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र अन्तरनिहित प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको रहेको बताइन् ।

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यो प्रतियोगिताबाट संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी गरेको बताइन् । उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?