+
+

२० प्रतिशत नाफा बढेको नेसनल हाइड्रोपावरको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते ८:५७

१९ माघ, काठमाडौं । नेसनल हाइड्रोपावरको खुद नाफा २० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा खुद नाफा ८८ लाख ४६ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७३ लाख ६१ हजार रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी भने केही घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ५ करोड ५८ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४६ लाख रुपैयाँँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा १ रुपैयाँ २६ पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ छ । यस कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण अनुमति पत्र पनि प्राप्त गरेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?