+
+

कराते खेलाडी अनु अधिकारी रिलायवल ग्रुप अफ कम्पनीको ब्राण्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:५८

१९ माघ, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल राष्ट्रिय कराते खेलाडी अनु अधिकारीलाई रिलायवल ग्रुप अफ कम्पनीले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाली खेलकुद क्षेत्रमा अधिकारीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको कम्पनीले जनाएको छ ।

रिलायवल ग्रुप अफ कम्पनीका निर्देशक मदन चुडाल र अनु अधिकारीबीच भर्चुअल माध्यमबाट सम्झौता भएको छ । अनु अधिकारी हाल प्रशिक्षण तथा प्रतियोगिताको लागि अमेरिकामा रहेकी छिन् ।

खेलाडी अधिकारीलाई सन् २०२४ का लागि आधिकारीक रुपमा उक्त कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको छ भने कम्पनीले आगामी एक वर्षसम्म अनु अधिकारीका लागि खेलकुद पोशाक तथा खेल सामग्रीहरु प्रदान गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भ्रमणका लागि सिमित आर्थिक सहयोगसमेत उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?