+
+

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:३८

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको हो ।

यस्तै कानून न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक संयोजक छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका हुन् । उनीहरुले आफ्नो समितिमा हुने गतिविधिका बारेमा संजोजन गर्ने छन् ।

समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः

१. अर्थ समिति – रामनाथ अधिकारी
२. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का
३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४. कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५. कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६. महिला तथा सामाजिक मामिला समिति – आशा विक
७. राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८. पूर्वाधार विकास समिति –  दिनेश कुमार यादव
९. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति –  लिलादेवी बोखिम (लिम्वू)
१०. सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?