+
+

पिज्जा हटको सन्डे सरप्राइज अफर : ४ ओटा प्यान पिज्जामा ५८ प्रतिशत बचत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १७:२५

काठमाडौं । नेपालको पिज्जा हट ब्रान्डले आफ्ना ग्राहकका लागि सन्डे सरप्राइज अफर सार्वजनिक गरेको छ ।

पिज्जा हटले आइतबारलाई नयाँ उचाइमा पुर्‍याउन ४ वटा पर्सनल प्यान पिज्जा खरिदमा ५८ प्रतिशतसम्म बचत गर्न सन्डे सरप्राइज अफर सार्वजनिक गरेको जनाएको छ । सन्डे सर्प्राइजमा विभिन्न प्रकारका भेजिटेरियन, मिक्स, नन्-भेजिटेरियन पिज्जाहरू उपलब्ध हुने पिज्जा हटले जनाएको छ ।

२ हजार २०६ रूपैयाँ पर्ने भेजिटेरियन पिज्जा सन्डे सर्प्राइज अफरमा ९ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ । जसमा भेज फेस्ट, मार्गरिटा, स्पाइस्ड पनिर र म्याक्सिकन फिस्टा गरी चारवाटा पिज्जा छन् ।

यसैगरी २ हजार ३५६ रुपैयाँ पर्ने मिक्स पिज्जाहरू सन्डे सर्प्राइज अफरमा १ हजार ९९ रुपैयाँमा उपलब्ध हुनेछ । जसमा म्याक्सिकन फिस्टा, मार्करिट्टा, क्रिस्पि चिकेन ससेज र तन्दुरी किमा गरी ४ ओटा पिज्जाहरू पाइन्छन् ।

२ हजार ८२६ रुपैयाँ पर्ने नन्-भेजिटेरियन पिज्जाहरू सन्डे सर्प्राइज अफरमा १ हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ । जसमा स्पाइस्ड चिकेन मिटबल, चिकेन टिक्का, चिजी चिकेन ससेज र तन्दुरी किमा गरी ४ ओटा पिज्जाहरू रहेका छन् ।

पिज्जा हटको सिग्नेचर प्यान पिज्जा बाक्लो र फ्लफी क्रस्टका लागि प्रख्यात छ ।  बाहिर क्रिस्पी र भित्री नरम, मोजारेला चिज र अन्य स्वादिलो टपिङ्गले भरिएको हुन्छ ।

हालै पिज्जा हट नेपालले नेपालका लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा पनि तयार गरेको छ । जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् । जसको मूल्य ४९९ रुपैयाँबाट प्रारम्भ हुन्छ ।

ग्राहकहरूले उत्कृष्ट डाइन-इन वा टेक-अवे अनुभवका लागि नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्छन् वा उपलब्ध एग्रीगेटरहरू फुडमान्डु, पठाओ, भोज एन्ड मेरो किनमेल मध्ये कुनै पनि मार्फत डेलिभरी सेवा रोज्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?