+
+

रूरू जलविद्युत्‌को ६ महिनाको नाफा ५ करोड ८९ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ८:५८

२२ माघ, काठमाडौं । रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५ करोड ८९ लाख रुपैयाँ छ ।

कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा सामान्य घट्नुमा विद्युत् बिक्रीवापत हुने आम्दानी घट्नु र बिक्री लागत बढ्नु मुख्य कारण देखिन्छ । कम्पनीको विद्युत् बिक्री आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।

साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?