+
+

नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १५:१४

२२ माघ, काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन गरेको छ ।

नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले  सोमबार दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा उनीहरूले रसिया: स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वार : नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वार : गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरु देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?