+
+

जब दीपक-दीपा अनलाइन ठगीको सिकार बने !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १८:१२

काठमाडौं । अनलाइनमा चिट्ठा परेको भन्दै पछिल्लो समय ठगीको घटना बढेपछि प्रहरीले सचेत गराएको छ । प्रहरीले यसका लागि एक जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा दीपकराज गिरी र दीपाश्री निरौलाले अभिनय गरेका छन् । प्रहरीले भिडियोमा यी कलाकारलाई पीडितको रुपमा देखाएको छ । १० लाख भारुको चिट्ठा परेको भन्दै उनीहरुलाई फोन गरेर कुरा गरेको दृश्य भिडियोमा छ ।

भिडियोमा ठगिएको कथा पनि बुनिएको छ । एक व्यक्तिले एजेन्टमार्फत नेपाली व्यक्तिलाई सम्पर्क गर्छन् । उनीहरुले पनि ती व्यक्तिले मागेजस्तै गरी रकम पठाइदिन्छन् । सोही क्रममा एक पीडित युवतीले आफू ठगिएको र उजुरी दिन जान लागेको जानकारी दिन्छिन् ।

त्यसपछि दीपक-दीपाले पनि ठगिएको थाहा पाएपछि उजुरी दिन्छन् । उनीहरुले तत्कालै उजुरी दिंदा अनुसन्धानमा सघाउन प्रहरीलाई सजिलो भएको देखाइएको छ । प्रहरीले उक्त भिडियोमा ठगीबाट जोगिन र यस्तो घटना भए तत्काल उजुरी दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?