+
+

अक्षरा अन्तरविद्यालय बास्केटबलमा अक्षरा स्कुल सेमिफाइनलमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ७:१४

२३ माघ, काठमाडौं । पहिलो अक्षरा अन्तर विद्यालय बास्केटबल कप–२०८० को जुनियर मिक्स तर्फ आयोजक अक्षरा स्कुल सोमबार सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा अक्षरा स्कुलले गेटवेए एकेडेमीलाई १४-११ ले पराजितत गदै सेमिफाइनलको यात्रालाई सुनिश्चत गरेको छ । उक्त खेलमा अक्षरा स्कुलका विश्व राज तामाङ म्यान अफ द म्याच घोषित भएका छन् । उनले १० अंक जोडे ।

आजै भएको खेलमा आलोक विद्याश्रमले ज्ञान संस्कार स्कुलाई २५- ७ ले पराजित गदै सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै भ्याली पब्लिक स्कुलले परारम्भ स्कुललाई ३६-६ ले र विद्या संस्कार स्कुलले शिक्षालयलाई १३-११ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

सेमिफाइनलमा अक्षराको भेट भ्याली पब्लिकसँग हुनेछ भने आलोकले विद्या विकासको सामना गर्नेछ ।

शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि सुरु भएको बास्केटबल प्रतियोगिताको समापन माघ २५ हुनेछ ।

प्रतियोगितामा मंगलबार सिनियर छात्रातर्फ, छात्रतर्फ तथा जुनियर मिक्सका खेलहरु हुनेछ ।

उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा सिनियर छात्रातर्फ १६ र छात्रतर्फ पनि १६ वटै समूह रहेका छन् भने जुनियरतर्फ छात्रछात्रा गरी १२ वटा समूह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?