+
+

‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १४:०२

काठमाडौं । विश्वचर्चित हलिउड फिल्म निर्देशक जेम्स क्यामरुनले ‘अवतार’ फ्रेन्चाइजीमा थप फिल्म बनाउने भएका छन् । उनी अहिले ‘अवतार ३’ को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् भने ‘अवतार ४’ को लगभग आधा छायांकन भइसकेको छ ।

पिपुल म्यागेजिनसँगको अन्तर्वार्तामा निर्देशक क्यामरुनले आफूसँग छैटौं र सातौं श्रृंखलालाई लिएर योजना रहेको बताए । उनले भने, ‘हामीले पाँच सिक्वेलसम्म पूर्णरुपमा लेखेका छौं । मसँग अझै दुईवटा श्रृंखलाको विचार छ । त्यो बिन्दुमा म सम्भवतः निर्देशकीय काम हस्तान्तरण गर्नेछु । यसको अर्थ, हामीले जे गरिरहेका छौं । त्यसको आनन्द लिइरहेका छौं । हामी महान् व्यक्तिहरुसँग काम गर्न सक्छौं ।’

डिज्नीसँग यसको थिएटर रिलिज क्यालेन्डरमा अर्को तीन अवतार फिल्म छन् । ‘अवतार ६’ मा जेम्स क्यामरुन नभएपनि फ्रेन्चाइजी जारी रहनेछ भन्ने कुरा स्पष्ट छ ।

क्यामरुनको जीवनको ठूलो हिस्सा ‘अवतार’ फिल्ममा बितेको छ । यो मुद्दाबारे उनले भने, ‘मानिसले सधैं हामीलाई सोध्छन्– त्यसो भए तपाईंले किन एउटै फिल्ममा काम गरिरहनुभयो ? किन जर्ज लुकासले एउटै काम गरिरहनुभयो ? किनभने जब तपाईं मानिससँग जोडिनुहुन्छ, त्यसलाई समय बर्बाद भन्न मिल्छ ? किन जोडिन नसक्ने काम गर्नुहुन्छ ?’

कलाकारको कुरा गर्दा अभिनेत्री जोय साल्दाना ‘अवतार’का बाँकी श्रृंखलामा पनि नेयत्रीको भूमिकामा देखिनेछिन् । उनलाई आगामी सिक्वेलबारे सोध्दा उनले ‘अद्भूत’ रहेको प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनिन्, ‘यो अद्भूत हुन गइरहेको छ । अवतार ४ र ५ । यो निकै क्रेजी देखिन्छ । यो साँचो हो । क्यामरुनले हाम्रो दिमागलाई उडाइदिनुभएको छ । यो उहाँको विरासत परियोजना हो । हामी सबैले टाइटानिक हो भन्ने सोचेका थियौं तर अवतार उहाँको विरासत रहेछ । त्यसैले म फर्किन उत्साहित छु । अर्को साता हामी छायांकनमा फर्किनेछौं ।’

गत वर्ष पीपुलसँगको एक अन्तर्वार्तामा जेम्स क्यामरुनले भनेका थिए कि ‘अवतार ४’ ले पात्रलाई लार्जर द्यान लाइफ शैलीमा फिचर्ड गर्छ । उनले ‘अवतार २’ सँगै तीन र चारको छायांकन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?