+
+

बुटवलमा क्लोथ एन्ड फुड बैंक सञ्चालनका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:४८

२५ माघ, बुटवल । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो ।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

मानव सेवाको लागि ‘पुरानो कपडालाई पुन: प्रयोग’ भन्ने नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास व्यक्त गरे ।

बुटवल नगरका विभिन्न स्थानमा संकलन बक्स राखिने र संकलित कपडालाई पुन: प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने छ । देशका सातै प्रदेशमा सञ्चनलम हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ गर्न लागेको क्लोथ एण्ड फूड बैंकका अभियानकर्ता कमल जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?