+
+

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १२:४०

२६ माघ, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा समीक्षा अवधिमा ६३ प्रतिशत बढेको हो ।

गत वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानीसँगै लगानी तथा ब्याज आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ९९ लाख रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ, गत वर्ष यसै अवधिमा यस्तो प्रिमियम आम्दानी ३६ करोड ८४ लाख थियो ।

त्यस्तै लगानी तथा व्याजबापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा १७ करोड ६२ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा १८ करोड १३ लाख छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?