+
+

हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १०:१३

२५ पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो ।

कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १४ करोड ६६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो । यो तत्कालीन हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?