+
+

काभ्रेका वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १६:०८

२६ माघ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका-९का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वडाध्यक्ष  वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइएको अवस्थामा पक्राउ गरेको थियो।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?