+
+

माइक्रोसफ्टले ल्यायो गज्जबको एआई टूल, एउटा फोटोबाटै तयार पारिदिनेछ तपाईंको भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ७:१२

माइक्रोसफ्ट कम्पनीले आफ्नो नयाँ एआई टूल सार्वजनिक गरेको छ । यो नयाँ टूलमा गज्जबको प्रविधि रहेको छ ।

यस एआई टूलको मद्दतले तपाईंले कुनै फोटोबाट एउटा भिडियो सिर्जना गर्न सक्नुहुनेछ । त्यो भिडियो कुनै चानचुने भिडियो हुनेछैन, तपाईंले त्यसमा मानवीय भावभंगी हाल्न सक्नुहुनेछ । भिडियोमा तपाईंले तस्वीरलाई भाव अर्थात् एक्सप्रेसन्स प्रदान गर्न सक्नुहुन्छ ।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा हरेक दिन केही न केही नयाँ भैरहेको छ । आम मानिसहरू तथा सर्जकहरुका लागि पनि डेभलपरहरुले विशेष खालका टूल लञ्च गरिरहेका छन् ।

केही समयअघि मात्रै ओपन एआईले सोरा तथा गुगलले भिड्स पेस गरेका थिए, जो टेक्स्ट टू भिडियो अर्थात् शब्दहरूको आधारमा भिडियो सिर्जना गर्नसक्ने टूल हुन् ।

यसैबीच माइक्रोसफ्टले नयाँ भिडियो जेनेरेटर टूल लञ्च गरेको छ । यसको नाम VASA-1 AI हो । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा यस टूलका विभिन्न नमूनाहरु पेस गरेको छ ।

यस टूलले कुनै पनि फोटोबाट सम्बन्धित व्यक्तिको भिडियो तयार पार्न सक्दछ । कम्पनीले जुन नमूनाहरु पेस गरेको छ त्यसको नतिजा उत्कृष्ट देखिन्छ ।

के हो VASA-1 AI

माइक्रोसफ्टको यस टूलको नाम भिजुअल अफेक्टिभ स्किल अडियो अर्थात VASA-1 AI हो । यसले मानिसको अनुहारको भावभंगीलाई उत्कृष्ट ढंगले सिर्जना गर्न सक्दछ । यो टूलले विभिन्न खालका फिलिङ तथा इमोसनहरुलाई मानिसको अनुहारमा तस्वीरबाटै सिर्जना गर्न सक्दछ।

सजिलो भाषामा भन्नुपर्दा कसैको सामान्य तस्वीरबाट त्यस व्यक्तिको फरक-फरक भावभंगीवाला भियिडयो तयार पार्न सकिन्छ ।

यो टूलले अनुहारका मांशपेशी, ओठ, नाक, टाउकोको ढल्काई तथा अन्य विभिन्न पक्षहरुको मद्दतले भिडियो तयार पार्दछ ।

हलका लागि माइक्रोसफ्टको VASA-1 AI ले अधिकतम ५१२ गुणा ५१२ पिक्सेलका भिडियोहरु ४० fps मा तयार गर्न सक्दछ ।

कम्पनीका अनुसार यस टूलले वास्तविक जस्तो अर्थात् रियल लाइफ भिडियो सिर्जना गर्नसक्छ । अर्थात् यसको मद्दतले तपाईं वास्तविक जिवनमा जस्तै भिडियोमा अनुहारको भाव दिन सक्नुहुन्छ ।

माइक्रोसफ्टले हालका लागि एक अनुसन्धान प्रदर्शनको रुपमा VASA-1 AI प्रस्तुत गरेको हो । तत्काल यो प्रडक्टलाई आम प्रयोगका लागि लञ्च गर्ने वा त्यसको API जारी गर्ने उसको कुनै योजना छैन । यसको गलत प्रयोग हुनसक्ने भएकाले यसलाई आम प्रयोगकर्ताका लागि जारी नगर्ने सम्भावना छ ।

यो टूल ओपन एआइको सोरा जस्तो नै हो । दुवै भिडियोले वास्तविक देखिने भिडियो सिर्जना गर्दछन् । सोराले जटिल भिडियोलाई पृष्ठभूमि तथा कलात्मक तरिकाले बनाउँछ भने VASA-1 AI मानिसको अनुहारको भावमा केन्द्रित छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?