+
+

गायिका रेखा शाहले जन्मदिनमा ल्याइन् ‘बाँध न मलाई’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते २१:१०

काठमाडौं । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

युवा पुस्ताका कहलिएका गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् ।

पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ-भर्सन’ भिडियोलाई रुपेश थापाले छायाङ्कन र निर्देशन गरेका छन् । भिडियोमा गायिका शाह र गायक शर्माले अभिनय गरेका छन् ।

शास्त्रीय सङ्गीतकी विद्यार्थी गायिका शाहले यस गीतमा पाश्चात्य शैलीको सङ्गीतमा आवाज भरेकी छिन् । गीतको शब्द र सङ्गीतको नयाँ फ्लेवरलाई स्रोता–दर्शकले मन पराउनेमा आफू आशावादी रहेको उनले बताइन् ।  भिडियो रेखा शाह युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?