+
+

अनिल शाह बने ओडीआईमा सर्वाधिक छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १४:१०

२७ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।

उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो ।  यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?