+
+

अनलाइनखबरकर्मी सुदर्शन रञ्जितलाई स्पेशल अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:१३

२८ माघ, काठमाडौं । अनलाइनखबरकर्मी तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्राप्त गरेका छन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पोखराका सुदर्शन रञ्जितलाई यो अवार्ड प्रदान गरिएको हो ।

पोखराका फोटो पत्रकार र सहारा क्लबका सदस्यको रुपमा चिनिएका उनीसँग खेलकुद मोह छ र भित्रि मनदेखि नै खेल क्षेत्रको भलो गर्न अग्रसर हुने जाँगर पनि ।     त्यसैले उनलाई फोटो पत्रकार, खेलकुदका एक सिपाही अनि पोखरेली खेलकुदका अभियन्ता भन्दा न्याय हुन्छ ।

चार दशक भन्दा अघिदेखि पोखरामा भएका खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस् ।

माछापुच्छ्रेलाई आवरणमा एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्वीरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जित्यो।

खेलाडीलाई सहयोग गर्ने सुदर्शनको जुनुन यस्तो छ की अनिल गुरुङ, सिपोरा गुरुङ, मञ्जु गुरुङ जस्ता थुप्रै पात्रहरु अन्तर्राष्ट्रिय खेल मानचित्रमा अग्लिदा सुदर्शनको विम्व त्यहाँ महशुस हुन्छ। नै ।

पोखराको स्थापित आहा रारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका असाध्य महत्वपूर्ण खम्बाको रुपमा छ ।

सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बन्दा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि बढेको छ।

खेलकुद क्षेत्रको विकृतीमा की सुदर्शनको क्यामरा बोल्छ की आफैं । पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस्,  रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन। उनले गरेको स-साना लाग्ने खवरदारीले ठूलो राम्रो परिणाम दिएको देख्न सकिन्छ।

खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक बढी बिताउँदा पनि आर्थिक उपार्जन गर्ने थोपा उद्देश्यमा उनमा नदेखिएको र  ६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थरुपमा खेल क्षेत्रमा येगदान दिएका कारण उनलाई सम्मान गरिएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?