+
+

एनएसजेएफ पारा एथलिट सम्मान मैयाँ विशुंखेलाई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १७:३३

२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पारा ओलम्पियन मैयाँ विशुंखेलाई एनएसजेएफ पारा एथलिट सम्मान प्रदान गरेको छ ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारा एथलिट विधाको सम्मान उनले पाएकी हुन् । उनी जन्मिँदै दायाँ हातको आधा भाग थिएन ।

४ वर्षको उमेरमा आमाले त्यागेर अन्तै गइन्। बुबाले बडो कस्टसँग उनलाई हुर्काए । तर उनले १० वर्षकै उमेरमा बुबाको सहारा पनि गुमाइन् ।

मैया विशुंखे अनाथ भइन् र एसओएस जोरपाटीको सहारामा पुगिन् । जीवन बुझ्न नपाउँदै नियतीको कठोर परिक्षामा उभिसकेकी मैयाँ विशुंखेको जीवन बदल्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो खेलकुद ।

एथलेटिक्समा अब्बल उनलाई एसओएसले सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागी गरायो । उनले स्वर्ण जितिन् । अनि एक पछि अर्को खेलमा च्याम्पियन बन्दै गइन्।

जीवनमा आशाको नयाँ दियो बल्यो। अब्बल पारा खेलाडीका रुपमा उनले नयाँ पहिचान भेटिन् ।

दुई वर्षको विचमा मैयाँ सन् २००८ को बेइजिङ पारा ओलिम्पिकका लागि छनोट भइसकेकी थिइन् । तर दुर्भाग्य कोटा कम आएको भन्दै अन्तिम समयमा उनको नाम काटियो । दुख माथि दुख थपियो । तर उनले धैर्यता छोडिनन् ।

त्यसपछि लगातार उनको खेलकुद यात्राले गति पायो । सन् २००९ मा जापानको युथ पारा गेम्स, सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्समा र त्यसको २ वर्षपछि लन्डन ओलम्पिक पारा गेम्समा उनले देशको प्रतिनिधित्व गरिन् ।

खेलकुद जीवनले गति लियो। खेलकै क्रममा उनले जीवनसाथी पनि भेटिन् प्रकाश मिजारको रुपमा । प्रकाश मैयाँको जोडी प्रेमको एउटा अनुपम उदाहरण नै हो ।

प्रकाश भन्छन्, ‘राम्रो सङ्लो मान्छेलाई त जसले नी विहे गर्छन् नि । तर मैले मैयाँलाई नै रोजे । घरमा मेरो विवाह अन्तै तय भएको थियो। त्यसलाई रद्ध गरेर विहे गरे । म निकै छु ।’

एसओएस चाबहिलको एउटा अध्यारोमा अनिश्चित भविष्यमा रुमल्लिएकी मैंय एउटा हौसलापूर्ण दरिलो साथ दिनेको साथमा उज्यालो भविष्यतिर अग्रसर भइन्।

घरमा उनले आफ्नो आधा हात नभएको कहिल्यै महशुस गर्न दिन्न्न । परिवारबाट पनि उतिकै माया र साथ छ ।

खेलकुद अब मैयाँको लागि एउटा माध्यम मात्र होइन, जीवन जिउने कला बनिसकेको छ। बरु अहिले उनको भूमिका परिवर्तन भएको छ । अब अरु ‘डिसेबल’हरुलाई पनि खेल क्षेत्रमार्फत संसारसंग जुध्न सिकाउने अभियान उनले अगाडि बढाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?