+
+

बराहपोखरीको नाम संशोधन र कानेपोखरीको प्रशासननिक भवन स्थानान्तरण गर्न संघ सरकारमा प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ११:४१

२९ माघ, विराटनगर । कोशी प्रदेश सरकारले खोटाङको बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गर्न र मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरण गर्न संघ सरकार समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बराह पोखरी गाउँपालिका संशोधन गरेर बाराहा पोखरी राख्न गाउँपालिकाको सभाले निर्णय गरेर प्रस्ताव पठाएको थियो । सोही प्रस्ताव अनुसार कोशी सरकारको मन्त्रिपरिषदले केन्द्र सरकार समक्षी सिफारिस गरेको हो ।

यसैगरी कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको प्रशासनिक भवनलाई वडा नम्बर ५ को भैसाबारीमा स्थानान्तरण गर्न पनि मन्त्रिपरिषदले सिफारिस गरेको छ । यस सम्बन्धमा गाउँपालिका सभाबाट निर्णय भएर आएको र अदालतबाट छिनोफानो भइसकेकाले आवश्यक निर्णयका लागि केन्द्र सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

यसैगरी कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि समपुर र विशेष अनुदानका अर्थ मन्त्रालयले गरेको प्रस्तावमा आवश्यक छलफल गरी निर्णय गरेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?