+
+

फिल्म ‘मेयर’को शुभसाइत, टिजर पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १३:१३

काठमाडौं । सरस्वती पूजाको अवसरमा बुधबार फिल्म ‘मेयर’को शुभसाइत गरिएको छ । काठमाडौंको नारायणहिटी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिइयो ।

सोही अवसरमा फिल्मको कथा सारांश, कलाकारको लाइनअपबारे पनि जानकारी दिइयो । ‘मेयर’को शीर्ष भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गर्दैछन् । उनको अपोजिटमा वर्षा राउतले अभिनय गर्नेछिन् ।

सहायक भूमिकामा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकी लगायतको पनि अभिनय हुने भएको छ ।

पटकथा प्रोडक्सनले निर्माण गर्ने यो फिल्मले सर्लाहीस्थित बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्ष पेश गर्ने जनाइएको छ । कठिन परिस्थिति, घात प्रतिघातको बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिकरुपमा कसरी राम्रो बाटोमा डोर्‍याउन सकिन्छ भन्ने विषयमा फिल्म आधारित हुने जनाइएको छ ।

फिल्मको निर्देशक समेत रहेका खनाल कार्यकारी निर्माता पनि हुन् । शर्मिला पाण्डे र सृष्टिमा खनाल निर्माता हुन् । महेश दवाडीको पटकथा र कृष्णबहादुर थापाको छायांकन हुनेछ । जयन वाइबा र कल्याण सिंहको संगीत हुने जनाइएको छ । सर्लाहीमा छायांकन हुने फिल्मको छायांकन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?