+
+

‘बोक्सीको घर’लाई प्रिमियरमा उत्साहजनक प्रतिक्रिया (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १२:१३

काठमाडौं । सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो ।

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म भएकाले पनि प्रिमियरमा उनलाई हौसला दिन कलाकर्मी पुगे । दीपाश्री निरौला, निशा अधिकारी, प्रकाश सपुत, स्वस्तिमा खड्का, रीमा विश्वकर्मा, बेनिशा हमाल, ज्ञानेन्द्र देउजा, अशोक शर्मा, भोलाराज सापकोटा लगायत प्रिमियरमा सहभागी थिए ।

फिल्म स्क्रिनिङपछि मिडिया कुराकानीमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिए । वितरक शर्माले यस्तो फिल्मलाई दर्शकले स्वीकार्नुपर्ने बताए । अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरिन् ।

फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नुभन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने स्वस्तिमाको भनाइ छ ।

अभिनेत्री बेनिशा हमालले समाजमा घट्ने विभिन्न घटनामध्येको एउटा तीतो यथार्थलाई टपक्क टिपेर मालाजस्तै उनेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई धन्यवाद दिइन् । अभिनेत्री तथा निर्देशक दीपाश्रीले निरौलाले उत्कृष्ट फिल्म बनेको भन्दै दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरिन् ।

गायक तथा अभिनेता प्रकाश सपुतले मर्मअनुसार गीत बनाउने अवसर दिएको भन्दै अभिनेत्री केकी अधिकारीलाई धन्यवाद दिए । टेलिभिजन होस्ट तथा अभिनेत्री रीमा विश्वकर्माले यस्तो विषयवस्तुमा फिल्म बनाउन केकीले हिम्मत गरेको बताइन् ।

फिल्मले कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा पेश गर्छ । शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन् । बाल कलाकार सुपला सापकोटाको अभिनयको पनि प्रशंसा भएको छ । ट्रेलरबाटै केकीको चरित्रले दर्शकको ध्यान आकृष्ट गरेको थियो ।

डेढ घण्टा रनटाइमको यो फिल्मले ट्रेलर र गीतबाट हाइप बटुलेको छ । यो सोसल–ड्रामा फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । हलले उत्साहजनक शो दिएका छन् । शो र प्रिमियरको प्रतिक्रियाले साथ दिंदा अब यो फिल्मलाई दर्शकको बलियो ‘वर्ड अफ माउथ’ जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?