+
+

‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १४:२४

काठमाडौं । ‘बोक्सी घर’ले उत्साहजनक कमाइलाई निरन्तरता दिइरहेको छ । पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) २ करोड ३० लाख ग्रस कलेक्सन गरेको फिल्मले विकडेज (आइतबार, सोमबार र मंगलबार)मा पनि दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।

मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ, जुन उत्कृष्ट हो । वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाख कमाइ गरेको वितरकले जनाएका छन् ।

फिल्मको चार दिने कुल कमाइ ३ करोड २४ लाख रुपैयाँ ग्रस पुगेको उल्लेख छ । मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले उक्त दिन फिल्मले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि फिल्मले न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ । फिल्मले दुई दिनमै लगानी उठाइसकेको थियो ।

केकी अधिकारीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । बोक्सी कुपथ्राबारेको यो फिल्म केही विदेशी डायस्पोरामा प्रदर्शनका लागि तय भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?