+
+

नयाँ पासपोर्ट देखाउँदै नितेशजंग कुवँरले भने- ‘रिबर्थ टूर’ निर्धारित समयमै हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १५:०२

काठमाडौं । गायक नितेशजंग कुवँरको अष्ट्रेलिया कन्सर्ट प्रभावित नहुने भएको छ । उनले नयाँ पासपोर्ट हात परेको र भिसा प्रक्रिया थालेको जनाएका छन् । आफ्नो चर्चित ‘रिबर्थ टूर’ १६ फेब्रुअरीमा मेलबर्नदेखि सुरु हुने जानकारी उनले गराएका छन् ।

‘म हिजो राती नेपाल आइपुगेँ’ बुधबार अपरान्ह एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘अर्जेन्टरुपमा पासपोर्ट उपलब्ध गराइदिएकोमा नेपाल सरकारलाई धन्यवाद । भिसा प्रक्रिया सुरु गर्दैछु । रिबर्थ टूर मेलबर्नबाट सुरु हुनेछ । सबैजना तयार हुनूस ।’

उनले नयाँ पासपोर्ट हातमा परेको समेत भिडियोमा देखाएका छन् । सोमबार आमा र प्रेमिका तथा गायिका समृद्धि राईसँग अष्ट्रेलियातिर उडेका नितेशको पासपोर्ट हङकङको ट्रान्जिटमा हराएको थियो । पासपोर्ट नभेटिएपछि उनी नयाँ निकाल्न काठमाडौं फर्किएका थिए ।

६६ घण्टासम्म हङकङ विमानस्थलमा हैरानी भोग्नुपरेको पीडा उनले सामाजिक संजालबाट व्यक्त गरेका थिए । मंगलबार राती नेपाल आएका उनले बुधबार दिउँसो पासपोर्ट प्राप्त गरेका हुन् । सहजीकरणका लागि नेपाल सरकारलाई धन्यवाद दिँदै उनले मिडिया, शुभचिन्तक र फ्यानलाई पनि धन्यवाद दिएका छन् ।

उनले अष्ट्रेलियामा रिबर्थ टूर निर्धारित मितिमै निरन्तर हुने बताएका छन् । फ्रेबुअरी २३ मा सिड्नीको भव्य हल राउण्ड हाउसमा नितेश र समृद्धिले प्रस्तुति दिँदैछन् । ‘हाम्रो’ नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोटेपिङ इन्टरटेनमेन्टका राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन एचक्यूबका रोशन भट्टराई र डिजे सुशिलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?