+
+

खाद्य स्टोरमा चोरी गरेको पैसा डान्सबार र डेटिङमा स्वाहा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १७:०२

३ फागुन, काठमाडौं । कालीमाटीस्थित खाद्य स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारीका २२ वर्षका लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कालीमाटीस्थित अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर २७ माघमा चोरी भएको थियो । भोलिपल्ट बारा गढीमाइ नगरपालिका- २ घर भई कालीमाटी बस्ने ४७ वर्षका मनोजकुमार गुप्ताले आफ्नो स्टोर खोलेर हेर्दा २० लाख रुपैयाँ नगद चोरी भएको थाहा पाएका थिए ।

स्टोरको सीसीटीभी क्यामेरामा चोरीमा संलग्न व्यक्ति कैद भएका थिए, जसको सहयोगमा प्रहरी ठगुन्नासम्म पुग्यो । प्रहरीका अनुसार चोरी गरेपछि ठगुन्ना राइड सेयरिङको मोटरसाइकल चढेर ठमेलको डान्सबार पुगेका थिए । भोपिल्ट साँझ बस चढेर कैलालीको अत्तरिया पुगे ।

गोदावरी नगरपालिका–२ पहाड लाइनको न्यू सत्कार होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनको साथबाट १३ लाख ९६ हजार ५६५ रुपैयाँ नगद बराबद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार बाँकी रकम भने उनले डान्सबार, डेटिङ, इलेक्ट्रोनिक ग्याजेट खरिदमा खर्च गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?