+
+

ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औं शाखा उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:५९

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखा उदघाटन गरेका छन् । खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन् ।

ललितपुरको कुमारीपाटीमा शाखा कार्यालय उदघाटन गर्दै खड्काले एक्सपर्टको काम नाम जस्तै रहेको बताए । साथै, विदेश जान चाहनेहरुलाई यो सर्भिसले राम्रो सल्लाह दिँदै आएको र आगामी दिनमा पनि दिने विश्वास गरे ।

एक्सपर्टका नेपालभर २१ शाखा छन् । काठमाडौं उपत्यकामा भने कुमारीपाटीसहित तीन वटा शाखा छन् । बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विश्वका अधिकांश देशमा एक्सपर्टले विद्यार्थीहरु पठाउँदै आएको छ ।

एक्सपर्टका नेपाल प्रमुख खेम संग्रौला हुन् । उनले सन् २००३ मा ४–५ जनाको सानो समुह मिलेर यो कम्पनी खोलेको र अहिले कम्पनीमा ५ सयभन्दा बढी जोडिएको बताए । उनका अनुसार विश्वका २० वटा देशमा ६० भन्दा बढी शाखाहरु सन्चालनमा छन् ।

कार्यक्रममा ई क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराइले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?