+
+

‘लण्डन टु पेरिस’को छायांकन सकेर मुम्बईबाट फर्किइन् साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १४:३४

काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’को छायांकन सकिएको छ । फ्रान्सको पेरिसमा हुने भनिएको छायांकन भारतमा गर्दै फिल्मको सुटिङ टुंगिएको हो ।

निर्देशक घनश्याम लामिछानेले फ्रान्सको सेट भारतको स्टुडियोमा बनाएर फिल्म खिचिएको जनाए । कोरोना महामारीपछि पहिलो चरणको छायांकन सकेको फिल्मको २० प्रतिशत सुटिङ बाँकी थियो ।

निर्देशक लामिछानेले फ्रान्समा खिच्नुपर्ने दृश्यहरु मुम्बईमा सेट लगाएर खिचिएको बताए । ‘हामीले नेपालमा पनि खिच्न सक्थ्यौं तर मुम्बईमा आर्ट डिजाइनको काम राम्रो हुने भएकाले यता आयौं,’ लामिछानेले मुम्बईबाट अनलाइनखबरसँग भने ।

लामो समयदेखि छायांकन अन्योलमा हुँदा साम्राज्ञी लगायतका कलाकार अलमलमा थिए । निर्देशक लामिछानेका अनुसार बाँकी छायांकन सकिएसँगै मुम्बईमा सम्पादनको काम चलिरहेको छ ।

छायांकन सकेर साम्राज्ञी र डेब्यु अभिनेता निश्चल खड्का नेपाल फर्किएका छन् । सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी छ । ‘एक वर्षपछि सबै छायांकन सकिएकोमा खुसी छु । ढिला भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं,’ लामिछानेले भने, ‘केही दिनमा रिलिज डेट सार्वजनिक गर्छौं ।’

यो रोमान्टिक फिल्मले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको उनले बताए । गरिमा शर्मा र कबीर खड्का समेत अभिनय रहेको यो फिल्म प्रेमकथामा आधारित छ । ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको अधिकांश छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यु गर्दैछन् ।

यो फिल्मलाई साम्राज्ञीले करिअरको महत्वपूर्ण फिल्मको रुपमा लिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?