+
+

मानवबेचबिखनविरुद्धको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै डीएसपी पन्थीलाई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते २१:०३

५ फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् डीएसपी गोविन्द पन्थीलाई मानवबेचबिखनविरुद्ध काम गर्ने भारतको एउटा सामाजिक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।

‘किन इण्डिया’ नामक संस्थाले २०२३ मा मानवबेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिएको हो । यो संस्थाले भारतमा बेचिएका नेपालीलाई उद्दार गर्न सहयोग गर्दै आएको छ ।

संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले उनलाई अवार्ड हस्तान्तरण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको उपस्थितिमा अवार्ड हस्तान्तरण गरिएको थियो ।

पन्थी उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गर्नुअघि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत् थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी अहिले वैदेशिक रोजगारीका नाममा हुन ठगी सम्बन्धी अपराध अनुसन्धान गर्ने जिम्मेवारीमा छन् ।

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीको प्रारम्भिक अनुसन्धान समेत उनले नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?