+
+

नृत्यकार भैरवबहादुर थापाको जन्मदिनलाई ‘राष्ट्रिय नृत्य दिवस’को रुपमा मनाउन पहल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १६:३८

काठमाडौं । वरिष्ठ नृत्यकार भैरवबहादुर थापाको जन्मदिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा मनाउन पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सुरेशसुरश श्रेष्ठले मन्त्री सुदन किरातीले यसबारे आइतबार आफूसँग छलफल गरेको बताए ।

‘मन्त्रीज्यूसँग यसबारे छलफल भएको हो । नृत्य दिवस मनाउने पहल सुरु भएको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसबारे प्रक्रिया अघि बढाउनेबारे कुराकानी भएको छ । अहिल्यै निर्णय भइसकेको छैन ।’

थापालाई जन्मदिनको शुभकामना दिन आइतबार बिहान मन्त्री किराती उनको निवास काठमाडौंको कालोपुलमा पुगेका थिए । उक्त अवसरमा मन्त्री किरातीले थापालाई शुभकामना दिएका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले नृत्यकार थापाको जन्मदिनलाई नृत्य दिवसको रुपमा मनाउनुपर्छ भनेर प्रतिष्ठानले मन्त्रालयको संस्कृति महाशाखामा प्रस्ताव राखेको बताए । उनको जन्मदिनलाई अर्को वर्षदेखि क्यालेन्डरमा समेत उल्लेख गर्ने तयारी भएको सापकोटाको भनाइ छ ।

९२ वर्षीय वरिष्ठ नृत्यकार थापाको जन्मदिन फागुन ६ गते पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?