+
+

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा-अर्चना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १७:२०

६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गएर पूजा-अर्चना गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज आइतबार बिहान उनी सहभागी भएका हुन् । त्यसक्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे ।

उनले शालीनदीमा जलअभिषेक गरे र बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे ।

शङ्खरापुर नगरपालिका र काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए ।

राष्ट्रपतिले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने बताए ।

शालीनदीको मेलामा हरेक वर्ष झण्डै ३० लाख धर्मावलम्बी सहभागी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?