+
+

गोपीचन्द्र पार्की लण्डन म्याराथनमा दौडने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ११:१२

७ फागुन, काठमाडौं । नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन् ।

मंसिर ९ गते भएको नवौं धारा म्याराथनको विजेताको रुपमा गोपीले उक्त अवसर पाएका हुन् ।

नेपालगन्ज म्याराथनले सोमबार एक कार्यक्रम गर्दै गोपीको सहभागिताबारे विशेष घोषणा गरेको हो ।

नेपालगन्ज म्याराथनकै दौरान नेपालगन्ज म्याराथनको आयोजकले यस संस्करणको विजेतालाई यसपटकको टिसिएस लण्डन म्याराथनमा सहभागी गराउने घोषणा गरेको थियो ।

२०८० मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका थिए । उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

नेपालगन्ज म्याराथनको रनिङ पार्टनर नेपाल रन यूकेको सहकार्य र सहयोगमा पार्कीको लन्डन म्याराथनको सहभागिता पक्का भएको छ ।

गोपीको नाम दर्ता र भिजा प्रक्रिया पूरा भईसकेको र त्यसका लागि तयारी थालिसकेको नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

लण्डन म्याराथन आगामी अप्रिल २१ अर्थात वैशाख ९ गते हुँदैछ ।

नेपाल रन युकेका संस्थापक सन्तोष राईले नेपाली धावकहरुलाई पनि अन्तर्राष्ट्रियस्तरमा अवसर दिने लक्ष्यका साथ यो सुरुआत गरिएको बतअए ।

भविष्यमा पनि नेपाल म्याराथन र हाफ म्याराथनका विजेतालाई अन्य अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी गराउने पहल रहेको नेपालगन्जका अध्यक्ष ठकुरीले जानकारी दिए ।

गोपीको सहभागिता लगअयत सबै खर्च व्यवस्थाहरु नेपाल रन युकेले व्यवस्थापन गरेको छ ।

पहिलो पटक लण्डन म्याराथनमा सहभागि हुन लागेका गोपीचन्द्र पार्कीले आफ्नो लागि यो ठूलो अवसर भएको र राम्रो प्रदर्शन गर्ने बताए । ‘मेरो लागि यो एकदमै ठूलो अवसर हो । विश्वकबे टप सिक्स म्याराथनमध्ये एक हो यो । त्यसैले सुनौलो अवसर छ,’ उनले भने ।

गोपीले नेपालगन्ज म्याराथन आफ्नो लागि सधैं भाग्यमानी ठाउँ रहेको बताए । ‘यसअघि पनि म नेपालगन्ज म्याराथन जित्दा ओलम्पिकमा छनोट भएको थिएँ । त्यसपछि फेरि जित्दा अहिले लण्डन म्याराथनका लागि छनौट भएँ । नेपालगन्ज म्याराथन नेपालको बेस्ट रुट भएको म्यमराथन हो । ‘ ।

गोपीले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा तयारी र प्रशिक्षण पनि त्यही अनुसार हुनुपर्ने र त्यसो भएमा राम्रो नतिजा आउने उनले बतनए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?