+
+

कांग्रेसका तीन संस्थाले भने : हिन्दू राष्ट्रको एजेन्डा पार्टी नीति विपरीत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १२:१३

७ फागुन, काठमाडौं । हिन्दू राष्ट्रको एजेन्डालाई पार्टी बैठकमा प्रवेश गराउन दबाब दिने कांग्रेस नेताहरुको क्रियाकलापप्रति पार्टी भित्रकै तीन संस्थाले विरोध जनाएका छन् ।

प्राप्त भएका उपलब्धिहरुको कार्यान्वयन गर्नुपर्ने अवस्थामा पार्टीभित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि भएको तीन संस्थाले विज्ञप्ति निकालेर जनाएका छन् ।

आदिवासी जनजाति विभाग, लोकतान्त्रिक आदिवासी महासंघ र मुस्लिम संघले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणालीको कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जनाएका छन् ।

महासमिति बैठकले पार्टीको नीति, विचार र सिद्धान्त विपरीतका कुनै निर्णय नगराउन पार्टीको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?