+
+

डीएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने प्रविण श्रेष्ठ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १३:०९

७ फागुन, काठमाडौं । सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।

एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ-दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।

उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?