+
+

औषधिलाई लागुऔषधको रुपमा बेचेको भन्दै मेडिकलमा छापा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २०:२२

१२ वैशाख, काठमाडौं । औषधिलाई लागुऔषधको रुपमा बेचेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका मेडिकलहरुमा छापा मारेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो र औषधी व्यवस्थापन विभागको टोलीले संयुक्त रुपमा छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी नगरपालिका–८ मा रहेको गोगो फार्मेसीका सञ्चालक २६ वर्षीय निरस कुमार महतो, भक्तपुरको बोडेमा रहेको टिसा फार्मेसीका सञ्चालक ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीहरुबाट विभिन्न प्रकारका लागु औषधको रुपमा प्रयोग गरिने औषधीहरु बरामद भएको छ । उनीहरुलाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?