+
+

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनहरु भोलि बिहान पेश हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १५:४७

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए ।

पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेश गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी गराएनन् ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरिछलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?