+
+

एमाले केन्द्रीय कमिटीमा जनपरिचालनदेखि पार्टी शुद्धीकरणसम्म छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १८:४७
फाइल तस्वीर ।

७ फागुन, काठमाडौं । भोलि मंगलबारदेखि सुरु हुने नेकपा एमालेको केन्द्रीय कमिटीमा पेश हुने एजेण्डा तय भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालयमा छलफल गरेर केन्द्रीय कमिटी बैठकमा पेश हुने एजेण्डा तय भएको हो । ‘तत्कालीन राजनीतिक कार्यक्रमदेखि संगठन शुद्धिकरणसम्मका ६ वटा एजेण्डा तय भएको छ’, गौतमले भने ।

विकसित राजनीतिक परिस्थितिबारे जानकारी दिनेगरी अध्यक्ष केपी शर्मा ओलीले गर्ने सम्बोधनलाई केन्द्रीय कमिटीको पहिलो एजेण्डामा राखिएको छ । त्यसबाहेक छलफल हुने एजेण्डा भने महासचिव शंकर पोखरेलले पेश गर्नेछन् ।

दोस्रो एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, तेस्रोमा संगठन शुद्धीकरण र सुदृढीकरणको अवधारणा, चौथोमा जनआधारित पार्टी निर्माणमा देखिएको समस्या र समाधानबारे छलफल हुनेछ ।

पाँचौं एजेण्डामा जनदबाव र जनपरिचालन सम्बन्धी कार्यक्रममाथि छलफल गरिएको छ । ‘सरकारको कामको समीक्षा, जनताका समस्या र एमालेले निर्वाह गर्नुपर्ने भूमिकालाई हामीले जनदबाव र जनपरिचालनमा राखेर छलफल गर्दैर्छौ’, प्रचार विभाग प्रमुख गौतमले भने ।

त्यसबाहेक अरू विषयलाई विविधमा राखिएको छ । भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने १० फागुनसम्म चल्नेछ ।

बैठकमा एमालेले गत मंसिरमा सञ्चालन गरेको मध्यपहाडी संकल्प यात्राको समेत समीक्षा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?