+
+

सुनिता थेगिम र धीरेन्द्रको स्वरमा ‘कुहिरो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १४:१९

८ फागुन, पोखरा। गायिका सुनिता थेगिम र धीरेन्द्र मगरको स्वरमा कुहिरो गीत सार्वजनिक भएको छ । संगीत मगरको शब्दमा तयार भएको गीतमा मनोज थापामगरले संगीत संयोजनमा सघाएका छन् ।

तत्कालीन सशस्त्र द्वन्द्वकालीन समयलाई टिपेर गीतको म्युजिक भिडियो तयार पारिएको गायक धीरेन्द्रले बताए । द्वन्द्व सकिए पनि त्यसको असर रहिरहँदा वैदेशिक रोजगारमा जान उपाय खोजिरहेकी एक युवतीको कथा गीतमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

धीरेन्द्रले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बुवाको सम्झनामा बाँचेकी छोरीको कथा गीतमार्फत भन्न खोजिएको सुनाए । उनले भने, ‘माओवादी सेनाको सदस्यको रुपमा आफ्नो बुवाको विगतका सम्झनाहरुसँग गाँसिएको छोरीको भवनात्मक यात्रालाई कुहिरोले देखाउन कोशिस गरेको छ ।’

‘कुहिरो गीत’को म्युजिक भिडियो रोल्पाको सुनछहरी गाउँपालिका, ७ मा खिचिएको हो । पर्यटकीय स्थल जलजलाको प्रवेशद्वार जेलबाङमा तत्कालीन १० वर्षे शसस्त्र द्वन्द्वमा ७२ जनाले ज्यान गुमाएका थिए ।

संगीत र धीरेन मगरको यो दोस्रो सांगीतिक कोसेली हो । यसअघि उनीहरुले मगर खाम समुदायमा प्रचलित वैवाहिक संस्कारलाई गीतमार्फत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?