+
+

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ९:५१

९ फागुन, काठमाडौं । दाङको घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?