+
+

२३ दिन हिंडेर काठमाडौं आइपुगे मिटरब्याज पीडित (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० फागुन ९ गते २२:२६

९ फागुन, काठमाडौं । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएको हो ।

बुधबार काठमाडौं आइपुगेका उनीहरु चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कमा बास बस्नेछन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको, अदालतमा मुद्दा चलिरहेको र मिटरब्याज पीडितहरु जेल जाने अवस्था अन्त्य नभएको बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?