+
+
Shares

मिटरब्याजसम्बन्धी विगतका आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
  • सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गृह मन्त्रालयलाई उक्त प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
  • जनकपुरबाट काठमाडौं तर्फ र्‍यालीसहित हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बारामा पुगेर आज वार्ता गर्नुभएको छ ।

३० असार, काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गृह मन्त्रालयले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।

मिटरब्याज पीडितहरू केही दिनदेखि जनकपुरबाट र्‍यालीसहित काठमाडौंका लागि हिंडेका थिए ।

आजै मात्र बारा पुगेर गृहमन्त्री सुधन गुरुङले उनीहरूसँग वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?