News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिमखोलामा बाढीले बगाएको स्कुटर फेला परेको छ ।
- प्रहरीका अनुसार स्कुटर चालकको पहिचान अझै खुल्न सकेको छैन र खोजी कार्य जारी छ ।
- प्रहरी नायव उपरीक्षक माधव काफ्लेले स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता रहेको जानकारी दिए ।
३० असार, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-२ कुलेखानी ड्याम नजिक सिमखोलामा आएको आकस्मिक बाढीले चालकसहित बगाएको स्कुटर फेला परेको छ ।
आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले सोमबार दिउँसो करिब ३ बजे सिमखाेला तर्ने क्रममा चालकसहित बगाएको स्कुटर आज फेला परेको हाे ।
स्थानीयले घटनाबारे बताएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबारदेखि नै खाेजी कार्य जारी राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटरका चालक काे थिए, स्कुटरमा कति जना सवार थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन ।
फेला परेको स्कुटरको ब्लुबुक अनुसार उक्त स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता रहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
बाढीमा बेपत्ता भएका स्कुटर चालकको खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।
हेटाैंडा-काठमाडाैं जाेड्ने छाेटाेमार्ग अन्तर्गत सिमखाेला हुँदै दैनिक सयाैं साना सवारी सञ्चालन हुने गर्दछन् ।
साेमबार साँझ ५ बजेदेखि सवारी सञ्चालनमा राेक लगाइएकाे याे मार्गबाट आज मध्याह्नदेखि साना सवारी चल्न दिइएकाे छ । छाेटाे मार्ग वर्षातकाे समयमा अत्यधिक आस्किमक बाढी र पहिराेकाे उच्च जाेखिममा रहेकाे छ ।
प्रतिक्रिया 4