News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी र मालिका गाउँपालिकामा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ ।
- कालीगण्डकी गाउँपालिका–४ को पातुखोलामा फसेका ट्याक्टर चालक खेमबहादुर मगरलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
- मालिका गाउँपालिका–७ को टुनीखोलामा मोटरसाइकल बगाए पनि चालक सुनील दर्जी सुरक्षित रहेका छन् भने घटनामा कुनै मानवीय क्षति भएको छैन ।
३० असार, गुल्मी । अविरल वर्षापछि गुल्मीका विभिन्न स्थानमा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ । दुवै सवारीका चालक भने सकुशल रहेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित पातुखोलामा पानीको बहाव बढ्दा कालीगण्डकी गाउँपालिका–२ निवासी २४ वर्षीय खेमबहादुर मगरले चलाएको लु ४ त ४४२३ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा बीच भागमै फसेको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको टोलीले चालकको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
यस्तै, मालिका गाउँपालिका–७ टुनीखोलामा माथिबाट आएको लेदोसहितको बाढीले लु ७२ प ९९७१ नम्बरको मोटरसाइकल करिब ५०० मिटर तल बगाएको थियो । मोटरसाइकल चालक मालिका गाउँपालिका–५ निवासी २४ वर्षीय सुनील दर्जी भने सुरक्षित रहेका छन् ।
दुवै घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया 4