+
+
Shares

उत्तर कोरियामा टाइफुन बावी आँधीको जोखिम बढ्यो

उत्तर कोरियाको मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइफुन बावी नजिकिँदै गर्दा उत्तर कोरियाले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • दक्षिण कोरियाका विभिन्न क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ भने केही स्थानमा बाढीले जनधनको क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्।
  • जलवायु परिवर्तनका कारण चरम मौसमी जोखिम बढ्दै गएको भन्दै वैज्ञानिकहरूले दुवै कोरियामा तापक्रम र विपद्को जोखिम बढेको जनाएका छन्।

३० असार, सियोल । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न ‘अधिकतम सतर्कता’ अपनाउन आग्रह गरेका छन् ।

प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ ।

प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार मङ्गलबार र बुधवारको बीचमा पहेंँलो सागर हुँदै देशको मध्य क्षेत्र पार गर्नु अघि टाइफुन कमजोर भएर कम चापको प्रणालीमा परिणत हुने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाको मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको जनाइएको छ ।

उत्तरकोरियाका अधिकारी तथा श्रमिकहरुलाई यो समयमा ‘अधिकतम सतर्क रहन र क्षति कम गर्न आवाश्यक कदम चाल्न आग्रह गरिएको किमलाई उद्धृत गर्दै विभागले जनाएको छ । यसैबीच मङ्गलबार उत्तरकोरियाको उत्तरी र मध्य क्षेत्रका केही भागहरूमा ८०–१२० मिलिमिटर ३०–६० मिलिमिटर प्रति घण्टाको दरमा वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।

दक्षिणी क्षेत्रहरूमा १५०–२०० मिलिमिटर वर्षाका साथै पश्चिमी तट र केही भित्री क्षेत्रहरूमा १०–१५ मिटर प्रति सेकेन्डको दरमा हावा आउने अनुमान गरिएको छ ।

यसैबीच उत्तर कोरियाले विपद् रोकथाम प्रयासहरू उच्च बनाएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अस अघिनै रिपोर्ट गरेको थियो । पछिल्लो समयमा दक्षिण कोरियामा आएको भारी वर्षाले केही क्षेत्रमा २०० मिलिमिटर सम्म माटो बगाएको जनाइएको छ ।

मध्य चुङचेओङ प्रान्तका सयौँ बासिन्दाहरूले प्रभावित क्षेत्र खाली गरेको जनाएका छन् । केबिएसका अनुसार ग्योंगसाङको दक्षिणी क्षेत्रमा उच्च बहावको नदीले बगाउदा एक जना व्यक्ति बेपत्ता भएको बताइएको छ ।

सियोलको मौसम विज्ञान विभागले मङ्गलबार देखि बुधवार सम्म देश भरि वर्षाको पूर्वानुमान गर्दै मध्य क्षेत्र र दक्षिणी प्रान्त जियोल्लामा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

वैज्ञानिकहरूले मानवीय क्रियाकलापका कारण भएको जलवायु परिवर्तनले चरम मौसमी जोखिमलाई बारम्बार, निम्त्याउने गरेको जनाएका छन् । गत वर्षको गर्मी दक्षिण कोरियाको रेकर्डमा सबै भन्दा तातो थियो, भने दुवै कोरियाहरूले आफ्नो सबै भन्दा तातो समय गत जुन महिनामा रेकर्ड गरेको जनाइएको छ ।

यस वर्षको एल निनोको पुनरागमन, एसियाका केही भागहरूमा गर्मी, खडेरी र भारी वर्षासँग जोडिएको प्राकृतिक ढाँचाले जोखिम बढाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?